यी हुन् घ्यूकुमारीका सात फाइदा
१. घ्यूकुमारीको सेवनले गर्भाशयको रोग, पेटको खराबी, त्वचाको समस्याका साथै आँखाको घेराको कालो भाग हटाउन तथा शरीरमा रगतको कमी हुनबाट बचाउँछ ।
२. यसको सेवनले शरीरमा रोगप्रतिरोधात्म क्षमतामा बृद्धि गर्छ । यसमा १८ धातु, १५ एमिनो एसिड तथा १२ भिटामिन तत्व पाईन्छ ।
३. यसलाई काटेर ३–४ चम्चा रस निकालेर खाली पेटमा खानाले दिनभर शरीरमा शक्ति र स्फूर्ति पैदा हुन्छ ।
४. शरीरको कुनै भागमा आगोले पोलेमा, काटेमा यसको रस निकालेर लगाउनाले घाउ निको हुनुका साथै आराम मिल्छ ।
५. आजकल घ्यूकुमारीलाई कस्मेटिक प्रोडक्टका रुपमा बजारमा यसको जेल, बडीलोशन, हेयरजेल, स्किनजेल, साबन, फेशियल फोम, ब्यूटीक्रिमका रुपमा पनि उपयोगमा ल्याइएको पाउन सकिन्छ ।
६. घ्यूकुमारीको सेवनले शरीरमा चिनीको मात्रा सन्तुलन गराउँछ जसले मधुमेहका बिरामीका लागि लाभदायी हुन्छ ।
७. यसको सेवनले आन्द्रा र शरीरमा भएका बिकार पदार्थ हटाउँछ ।
सम्पर्क इमेल : [email protected]