गोरखा अस्पतालका डा. पराजुलीमाथि कुटपिट गर्ने तीन जना पक्राउ

काठमाडौँ, १३ कात्तिक । गोरखा अस्पतालका मेडिकल अफिसर डा अविनाश पराजुलीलाई कार्यकक्षमै कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले शनिबार दिउसो गोरखा बजारबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका ९ बस्ने २८ वर्षका समीर कुँवर, सोही ठाँउका १९ वर्षका अनुप बस्नेत र गोरखा वडा नं ३ का २६ बर्षीय प्रमोदजंग कुँवर रहेका छन् ।

उनीहरुले गत ६ कात्तिकका दिन ओपिडीमा काम गरिरहेका डा पराजुलीमाथि कार्यकक्ष भित्रै घुसी कुटपिट गरेका थिए । कुटपिट पछि उनीहरु मोटरसाइकल चडेर भागेका थिए । यता अस्पतालले भने उनीहरु विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो ।

प्रहरीले उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यलयमा अभद्र व्यवहार मुद्धा दर्ता गरेको छ । अव सार्वजनिक विदा सकिएपछि म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाउने जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले जानकारी दिए ।

थाइराइडको नियमित परीक्षणका लागि आएकी एक महिलालाई डा पराजुलीले यसअघि परीक्षण गरिएको रिपोर्ट ल्याउन भनेको तर बाहिर निस्किएकी ती महिलाले युवा बोलाएर आफूमाथि आक्रमण गराएको डा पराजुलीको आरोप छ ।

उनीहरुले डाक्टर पराजुलीले काम गरिरहेको ओपीडी कक्षको ढोका बन्द गरेर कुटपिट गरी भागेको जानकारी आफूले पाएको प्रहरीले बताएको थियो ।

डाक्टर  पराजुलीमाथि कुटपिट भएको विषयमा नेपाल चिकित्सक संघ र राष्ट्रिय चिकित्सक संघ नेपालले छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै दोशीलाई पक्राउ गरी कारवाही गर्न माग गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *