पुरुषको तुलनामा महिलाहरुको दिमाग बढी तेजिलो : अध्ययन्

'महिलाहरु ५० वर्ष पुराना शब्द सम्झिन समेत सक्षम'

एजेन्सी । महिलाहरुमा ५० बर्ष पुरानो शब्द समेत सम्झन सक्ने क्षमता हुन्छ । यिनीहरुको दिमाग पुरुषहरुको भन्दा बढी क्रियाशिल हुन्छ । नर्वेको वर्गन युनिभर्सिटीले हालै गरेको एक अनुसन्धानले यस्तो तथ्य देखाएको छ । युनिभर्सिटीले अध्ययन्का लागि पुरुष र महिलाहरुको मानिसक कौशलका बारेमा केही वर्ष देखि तथ्यांक संकलन गर्दै आएको थियो ।

त्यसबाट ३ लाख ५० हजार बढी सहभागीहरुको मेटा एनालाइसिस गरिएको थियो । अहिलेसम्मकै ठूलो डाटा अनुसन्धानले महिलाहरुमा धारा प्रवाह तरिकाले बोल्ने क्षमता बढी भएको देखाएको थियो ।

यस्तै अनुसन्धानबाट सम्झना गर्ने क्षमता पुरुषको तुलनामा महिला बढी हुने पाइएको छ । महिलाहरुले निश्चित अक्षर वा श्रेणीबाट सुरु हुने नाम तथा शव्द सम्झन सक्ने क्षमता बढी राख्दछन् ।

सोधकर्ता मार्को हिरस्टीन भन्छिन्, ‘बौद्धिक कौशलमा पुरुषहरु र महिलाहरुबीच कुनै अन्तर छैन् । महिलाहरुको मस्तिष्कमा भएको कोर्टेक्स तथा लिम्बिक सिस्टममा रगत बढी पुग्ने र फ्लुईडको मात्रा पनि बढी हुन्छ । त्यसकारण उनीहरुको दिमाग बढि तेजिलो हुन्छ ।’

अनुहार सम्झने क्षमतामा पनि महिला अगाडी
स्वीडेनको करोलिंस्का इन्स्टिच्युटले गरेको एक अनुसन्धानले पनि महिलाहरु अनुहार सम्झने क्षमता पुरुषको तुलनामा बढी हुने देखाएको छ । यद्धपी निन्द्राको कमी, उमेर अवस्थाले यसलाई प्रभावित गर्न सक्छ । यस्तै अनुसन्धानले महिलाहरुमा अनुहार मात्रै होइन गन्ध सम्झने क्षमता पनि पुरुषको तुलनामा महिलामा बढी हुने गरेको गरेको दावी गरेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *