२४ बुँदे माग अघि सार्दै कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित

काठमाडौँ, १५ भदौ । चौविस बुँदे माग राख्दै कान्ति बाल अस्पताल विकास समिति अन्तरगर्तका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले माग पुरा गर्न अस्पताल नेतृत्वलाई एक साताको समय सिमा दिएका छन् ।

आगमी २१ भदौसम्ममा माग पुरा नभए कार्यकारी निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा अनिश्चित कालिन तालावन्दी गर्ने आन्दोलनरत कर्मचारीहरुले चेतावनी दिएका छन् ।

त्यसो त आन्दोलनरत कर्मचारीहरुले आफ्ना मागका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री सचिवहरुलाई भेटेर जानकारी समेत गराईसकेका छन् । उनीहरुले स्वास्थ्य मन्त्री समक्ष तीन बुँदे माग समेत पेश गरेका छन् । जसमा अस्पताल विकास समिति तत्काल गठन हुनुपर्ने, अस्पतालका कार्यकारी निर्देशक र लेखा अधिकृतलाई तत्काल हटाउनु पर्ने लगायतका माग रहेका छन् ।

तर मागको सुनुवाई हुने छाँट नदेखेपछि आन्दोलनमा उत्रिनु परेको संघर्षरत कर्मचारीहरुहरुका अगुवा शम्सेर नेपालीले बताए ।

कर्मचारीहरुले आफ्ना मागहरुमा सेवा सुविधा र व्यवस्थापनको कुरालाई बढी जोड दिएका छन् । यस्तै नेतृत्व तहबाट आर्थिक अनियमिता भएको समेत आरोप लगाएका छन् । उनीहरुले अहिले अस्पतालका विभिन्न ठाँउमा व्यानर टाँगेर आन्दोलन सुरु भएको जनाउ दिएको बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *