पार्टीको घोषणा पत्रमा स्वास्थ्यका के के विषय समेटने ? एमाले स्वास्थ्य विभागले गर्यो विज्ञसंग परामर्श
काठमाडौँ, ३ भदौ । नेकपा एमालेले आगमी आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका तयार गर्न लागेको घोषणा पत्रमा स्वास्थ्य तथा जनसंख्याका कुन कुन मुद्धाहरु उठाउने भनेर विज्ञहरुसंग परामर्श थालेको छ ।
पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग र पार्टीकै जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको संयुक्त आयोजनामा आज भएको अन्तरक्रिया कार्यक्रममा पार्टी निकट तथा स्वतन्त्र भनिएका स्वास्थ्य विज्ञलहरुसंग घोषणा पत्रमा स्वास्थ्यका के के विषय राख्ने भन्ने बारेमा परामर्श लिएको हो ।
पार्टी सचिव एवं स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि तथा प्रदेश तहको निर्वाचनमा पार्टीले जारी गर्ने घोषणा पत्रमा स्वास्थ्यको विषय के के समेटने भन्दै विज्ञसंग अन्तरक्रिया गरेको बताए । ‘पार्टीले आफ्ना ३२ वटै विभागसंग सुझाव लिएर घोषणापत्र तयार गर्न लागेको भन्दै मानवीय सम्वेदनशीलता समेत जोडिएको र सबैभन्दा महत्वपूर्ण स्वास्थ्य विभागले यसपटकको चुनावमा विज्ञसंग नै परामर्श लिएर घोषणा पत्रमा विषय प्रवेश गराउन खोजेका हौँ,’ उनले भने ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका अध्यक्ष डा झलक गौतमले जनतालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने पार्टीको घोषित नीति नै रहेको भन्दै अबको निर्वाचनमा घोषित नीतिलाई कार्यान्वयनमा लैजान के कस्ता विषय उठान गर्नुपर्ने हो भनेर विज्ञसंग परामर्श लिएको बताए । उनले राष्ट्रिय स्वास्थ्य नीति, अन्तराष्ट्रिय प्रतिवद्धताहरुलाई समेत आत्मसात गर्दै थप परिमार्जित सुझावहरु आउनेमा आफूहरु विश्वस्त रहेको बताए ।
कार्यक्रममा सहजीकरण डा खेम कार्की र सञ्चालन डा सन्तोष पौडेलले गरेका थिए ।
विज्ञका रुपमा आमन्त्रित स्वास्थ्यका विभिन्न विधाका व्यक्तिहरुले पार्टीले अवको निर्वाचनमा भाग लिदा घोषणा पत्रमा समेटनुपर्ने विषय लिखित तथा मौखिक रुपमा प्रस्तुत गरेका थिए ।
सम्पर्क इमेल : [email protected]
यस्ता ज्ञान बुद्धि ले परिपूर्ण आशलाग्दो युवा नेता पद कै लागि पतित भई सक्यो।
मित्रको बोली र हुनरको जनताको लागि के हि काम छैन ।
एमाले जस्तो स्खलित पार्टी मै स्खलित हुन मात्रै लायक ।।