चौबिस घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि, ५१४४ सक्रिय संक्रमित

काठमाडौँ, १७ साउन । पछिल्लो चौबिस घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप २९९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ५ हजार ४१५ नमुना परीक्षण गर्दा ८१४ जना संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २५३, ललितपुरमा ३६ र भक्तपुरमा २६ जना गरी उपत्यकामा मात्रै ३१५ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १४४ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ४ हजार ९८५ जना र संस्थागत आइसोलेसनमा १५९ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा ३८ जना र भेन्टीलेरमा ५ जना उपचाररत रहेका छन् । आज मृतकको संख्या शून्य रहेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *