चार दिनको अन्तरमा भारतमा मंकीपक्सको दोस्रो संक्रमित भेटिए
नयाँ दिल्ली । भारतमा चार दिनको अन्तरमा मंकीपक्स रोगको दोस्रो संक्रमित भेटिएका छन् । केरलको कन्नुर शहरमा सोमबार मंकीपक्सो दोस्रो संक्रमित भेटिएका हुन् । गत बिहीबार मात्रै केरलकै कोल्लम शहरमा पहिलो संक्रमित पुष्टि भएको थियो ।
केरलकी स्वास्थ्य मन्त्री वीना जर्जको अनुसार आज पुष्टि भएको संक्रमित ३१ बर्षका पुरुष हुन् । उनी दुवईबाट मेङलोर एयरपोर्टमा गत १३ जुलाईमा आएका थिए । यसअघि बिहीबार संक्रमण पुष्टी भएका ३५ वर्षका बिरामी युएईबाट आएका हुन् ।
दुईवटा केश भेटिएपछि केरलका पाँच जिल्लाको तिरुवनंतुपुरम, कोल्लम, पठानमथिट्टा, अलाप्पुझा र कोट्टायमलाई उच्च सतर्कतामा राखिएको छ । बिरामीहरु यी जिल्लासंग जोडिएको कारण उच्च सतर्कता अपनाईएको राज्य सरकारले बताएको छ ।
सोमबार पुष्टि भएका संक्रमितलाई अहिले परियाराम मेडिकल कलेजमा भर्ना गरिएको छ । अहिले उनको अवस्था स्थिर रहेको बताइएको छ । उनको सम्पर्कमा आएका व्यक्तिहरुको जाँच भईरहेको मन्त्री जर्जले बताईन् ।
यो वर्ष मंकीपक्स ७६ वटा देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
सम्पर्क इमेल : [email protected]