युक्रेन युद्धः महिला तथा केटीमाथि बलात्कार बढेपछि आपतकालीन गर्भनिरोधका सामग्री पठाउन थालियो

एजेन्सी । बलात्कारका घटनाहरु बढ्न थालेपछि परोपकारी संस्थाहरुले युक्रेनी अस्पतालहरुमा आपतकालीन गर्भनिरोधक सामग्रीहरु पठाउन थालेका छन् । रुसी आक्रमणबाट सवैभन्दा बढी प्रभावित क्षेत्रमा करीब ३ हजार प्याकेट पिल्स पठाइएको छ ।

इन्टरनेशनल प्लान्ड प्यारेन्टहुड फेडेरेसनले ती चक्कीहरु उपलव्ध गराएको छ, जुन स्वयंसेवकहरुले वितरण गरिरहेका छन् ।

स्वयंसेवी समुहका क्यारोलिन हिक्सन भन्छिन, ‘यो वितरण गर्दा समय साच्चिकै महत्वपूर्ण रहेको छ । उनले भनिन्, ‘तपाईँसंग पाँच दिनको बिन्डो पिरियड छ यसको प्रयोगले गर्भावस्ता रोक्न प्रभावकारी हुन्छ । त्यसैले यदि तपाईँ लैगिक हिंसामा पर्नु भएको छ भने त्यसलाई रोक्नका लागि सकेसम्म चाडो लिन सक्नुहुन्छ । बलात्कारबाट गर्भवती हुनु अत्यन्त दर्दनाक हो ।’

संस्थाले गर्भावस्ताको २४ हप्तासम्म प्रयोग गर्न सकिने मेडिकल गर्भपतन सम्वन्धी चक्की पनि पठाउँदै आएको छ ।

हिक्सनले भनिन्,  ‘यी चक्कीहरुले विभिन्न परिस्थितिहरुमा महिलाहरुलाई मद्धत गर्नका लागि सहयोगी हुनेछन्, जसमा सहमतीमै यौनसम्पर्क गर्ने तर बच्चा जन्माउने यो समय गलत हो भन्ने लाग्नेहरुका लागि पनि काम गर्ने छ ।’

युद्ध अघि युक्रेनमा आपतकालीन गर्भनिरोधक चक्की प्राप्त गर्न सम्भव थियो । तर अहिले यी सामग्री आपूर्ति कार्य रोकिएको छ ।

बीबीसीका अनुसार आक्रमणकारी सैनिकहरुले राजधानी कीभबाट केही माइल टाढाको गाँउमा केही महिलाहरुलाई बलात्कार गरेको प्रमाण फेला पारेको जनाएको छ । यस्तै कीभको उत्तर पश्चिम बुचा शहरबाट पनि आक्रमणकारी सैनिकहरुबाट महिलाहरुलाई नियन्त्रणमा लिएर बलात्कार गरेको समाचार बढ्न थालेको उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघले विश्वभर द्धन्द ग्रस्त क्षेत्रमा रहेका महिला र केटीहरुलाई पठाइएका किटहरुमा आपतकालीन गर्भनिरोधक सामानहरु समावेश गर्ने गर्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *