कब्जियतबाट कसरी बच्ने ? यी हुन् घरेलु उपाय
असन्तुलित खानपानले गर्दा कतिपय मानिसहरुको पेटमा बिभिन्न किसिमका समस्या उत्पन्न हुने गर्छ । जसका कारण शरीरमा बिभिन्न खालका रोगहरुले आक्रमण गर्छ । जस मध्ये कब्जियत पनि एक समस्याको रुपमा उत्पन्न हुने रोग हो ।
कब्जियतबाट बच्न अपनाउनुस् यी उपाय :
कब्जियत भएका ब्यक्तिहरुले प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ । साथै बिभिन्न किसिमका सागसब्जी, तरकारी तथा फलफूलको सेवन गर्नु फाइदाजनक हुन्छ । जसले कब्जियतको समस्याबाट छुटकारा पाउन मद्दत गर्छ ।
कब्जियतबाट छुटकारा पाउने अर्को उत्तम उपाय स्याउको जुस पिउनु हो । जसमा प्रशस्त मात्रामा फाइबर हुन्छ । फाइबर कब्जियतको एक औषधि नै हो ।
त्यसैगरी नाशपातीको जुस बनाएर पिउनाले पनि कब्जियत रोगबाट मुक्ति पाउन सकिन्छ । नाशपातीको जुसमा पाचन शक्ति हुन्छ जसले खानालाई राम्रोसंग पचाउन मद्दत गर्छ र कब्जियत हुनबाट बचाउँछ ।
यसका साथै मानसिक तनावबाट टाढा रहने, जीवनशैली नियमित राख्ने, नियमित शारीरिक ब्यायाम गर्ने, दैनिक कार्यमा नियमितता ल्याउने जस्तो कि खाने, काम गर्ने, सुत्ने, शौचालय जाने समयलाइ नियमित गर्ने, चिया कफी कम पिउने, धुम्रपान तथा अरु नशा नलिने जस्ता कार्यहरुमा ध्यान दिनु जरुरी हुन्छ ।
एजेन्सीको सहयोगमा
सम्पर्क इमेल : [email protected]