विदेश :

सुत्केरीको मृत्यु पछि अस्पतालमा तनाव, डाक्टरले गरिन आत्महत्या

भारत । प्रसूतीको क्रममा एक महिलाको मृत्यु भएपछि बढेको विवादले डाक्टरको समेत ज्यान लिएको छ । मृत्यु पछि आक्रोसमा आएका सुत्केरीका परिवार तथा आफन्तले डाक्टरविरुद्ध हत्याको आरोप लगाउँदै स्थानीय प्रशासनमा उजुरी दिएका थिए । उजुरी पछि तनावमा आएकी डाक्टर अर्चना शर्माले आत्महत्या गरेकी हुन् ।

घटना राजस्थानको हो । गत सोमबार विहान खेमावासका लालूराम बैरवाले आफ्नो २२ वर्षीया श्रीमती आशा देवीलाई सुत्केरी गराउन लालसोट अस्पताल ल्याएका थिए । त्यहाँ डाक्टर अर्चना सहितको टोलीले सुत्केरी गराउन खटिएको थियो । तर सुत्केरी भइसकेपछि अचानक आशा देवी स्वास्थ्य बिग्रियो र उनको मृत्यु भयो । मृत्यु पछि आक्रोशित परिवार तथा आफन्तले दोष डाक्टरलाई लगाए ।

दिनभर अस्पताल परिसरमा प्रदर्शनमा उत्रिएका उनीहरुले लालसोट थानामा गएर सुत्केरी गराउने कार्यमा सम्लग्न डाक्टर अर्चना सहितको टोलीविरुद्ध हत्याको आरोप लगाउँदै मुद्धा दायर गरे ।

प्रसूतिको क्रममा मृत्यु भएकी महिला, त्यसपछि परिवारको प्रदर्शन र त्यसपछि हत्या आरोप लागेपछि डा अर्चनामा डिप्रेसनमा आएकी थिईन् । त्यसपछि उनले झुन्डिएर आत्महत्या गरेकी थिईन् । सुसाइड नोटमा आफू निर्दोश रहेको उल्लेख गरेकी छन् ।

सुत्केरीको मृत्यु, हंगामा र डाक्टरको आत्महत्या समेत भएपछि विग्रिएको अवस्था सुधार्न राजस्थान सरकारले नयाँ प्रहरी प्रमुखको नेतृत्वमा छानवीन गर्ने टोली बनाएको छ ।

नोट: यदि तपाईँ मानसिक तनावबाट गुज्रिरहनुभएको वा त्यस्तो तनाव भोगिरहेका मानिसहरूलाई चिन्नुहुन्छ भने कृपया यी हेल्पलाइनहरूमा सम्पर्क गर्नुहोस्।चौबिसै घण्टा चल्ने   पैसा नलाग्ने सरकारी हेल्प लाइन नम्बर ११६६ शिक्षण अस्पताल काठमाण्डूको हेल्प लाइन नम्बर १६६००१२१६००

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *