१२ देखि १७ वर्ष उमेरका बालबालिकालाई दिन थप ९२ लाख फाइजर खोप आउँदै

फाइल फोटो

काठमाडौँ १२ फागुन । कोभिडविरुद्धको खोप अभियान अन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिनका लागि सरकारले थप ९२ लाख डोज फाइजर खोप ल्याउने भएको छ । यो खोप कोभ्याक्स सुविधा अन्तर्गत नेपाल भित्रन लागेको हो ।

‘९२ लाख डोज फाइजर खोप आउने छ । र त्यो खोप अवको केही साता देखि नेपाल भित्रन थाल्नेछ,’ स्वास्थ्य सेवा विभाग बाल तथा खोपशाखा प्रमुख सागर दाहालले भने ।

सरकारले यसअघि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर र मोडर्ना खोप दिदै आएको थियो ।

अब छुटेका बालबालिकालाई पहिलो डोज, पहिलो लगाएकालाई दोस्रो डोज र आवश्यकता अनुसार बुस्टर डोजका लागि पनि यी खोपहरु ल्याउन लागेको दाहालले बताए ।

त्यसो त सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिने निर्णय गरिसकेको छ । त्यसका लागि ८४ लाख डोज खोप समेत खरीद प्रक्रिया अघि बढीसकेको सरकारी अधिकारीहरु बताउँछन् ।

तर, खोप कहिले आउँछ भनेर अहिल्यै भन्ने अवस्था छैन् ।

‘अहिले सायद खरीद सम्झौँता हुन बाँकी छ । भएपछि त खोप आउन बेर लाग्दैन्,’ दाहालले भने ।

नेपालमा अहिलेसम्म कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनेका, जेएनजे, फाइजर र मोडर्ना खोप कोभिडविरुद्ध प्रयोग हुँदै आएको छ ।

अहिले देशभर १८ वर्ष माथि उमेर समूह र खोप लगाएको ६ महिना पुगेका व्यक्तिहरुलाई बुस्टर डोज खोप दिईदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *