बंगलादेशले कोभिडविरुद्धका प्रतिबन्धहरु नलम्ब्याउने

ढाका, ९ फागुन । बंगलादेशले कोभिड १९ का विरुद्धमा लगाइरहेका प्रतिबन्धहरु अब नलम्ब्याउने जनाएको छ । त्यहाँको मन्त्रिपरिषदका सचिव खाँदकर अनवारुलले आइतबार सो कुराको जानकारी दिएका हुन् । उनले अब बंगलादेशमा यसअघिदेखि लगाउँदै आएका प्रतिबन्धहरुको समय नथप्ने जानकारी दिएका हुन् ।

बंगलादेशमा कोभिड महामारीको तेस्रो लहर ओमिक्रोन भेरियन्ट आएसँगै प्रतिबन्धहरु लगाएको थियो । विद्यालय, विश्वविद्यालयहरु देखि होटलहरु बन्द गर्ने देखि लिएर सार्वजनिक स्थलमा उपस्थित हुन नपाइनेसम्मका प्रतिबन्धहरु लगाइएको छ ।

ती प्रतिबन्धहरुको समय यही फेब्रुअरी २२ सम्म रहेको र अब त्यसलाई थप नलम्ब्याउने निर्णय सरकारले गरेको जानकारी उनले दिए ।

सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *