कालो अंगुरका ६ लाभदायी गुण
शरीरलाई स्वस्थ र चुस्त बानाईराख्नको लागि बिभिन्न किसिमका फलफूलको जरुरत पर्दछ ।
जसमध्ये कालो अंगुरको सेवन गर्दा यसमा हुने भिटामिन, पोटासियम, क्याल्सियम, आइरन जस्ता तत्वहरु शरीरका लागि लाभदायी हुन्छ । त्यसैले कालो अंगुर खानु शरीरका लागि फाइदाजनक हुन्छ ।
१. कालो अंगुरको नियमित सेवनले रुघाखोकी बाट छुटकारा पाउनुका साथै त्वचा लागि फाइदाजनक हुन्छ ।
२. कालो अंगुरमा हुने फ्लेवेनाइड्स तथा एसपिरिनले हृदयघातबाट बचाउनुका साथै शरीरमा रगत जम्नबाट रोक्छ ।
३. यसको सेवनले कोलेस्ट्रेरोलको मात्रा नियन्त्रण गर्नुका साथै शरीरको तौल घटाउनमा मद्दत गर्छ ।
४. यसको सेवनले यूरिकएसिड नियन्त्रण गर्नुका साथै मृर्गौला सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।
५. कालो अंगरको नियमित सेवन गर्नाले क्यान्सर रोग लाग्नबाट बचाउँछ ।
६ कालो अंगुरमा ग्लुकोज पर्याप्त हुन्छ । यसले शरिरमा स्फूर्ति जगाउने, पाचन संयन्त्र, बलियो बनाउने, आँखा, कपाल र छालाको सौन्दर्यमा पनि सहयोग गर्दछ ।
एजेन्सी
सम्पर्क इमेल : [email protected]