एक रुपैयाँमा उपचार सेवा दिने अस्पताल !

भारत । ‘अहिलेको जमानामा एक रुपैयाँमा उपचार ?’ सुन्दा अचम्म लाग्ला । तर, भारत गुजरातको पालनपुरस्थित कमलपुरा गाँउको मणिबेन च्यारिटेवल अस्पतालले एक रुपैयाँमा उपचार सेवा दिइरहेको छ ।

यो अस्पताल अहिले खुलेको होइन । विगत ४८ वर्ष देखि सञ्चालनमा आएको हो । पालनपुर क्षेत्रका बासिन्दाले यसलाई चार आना अस्पताल भन्ने गर्दछन् ।

अस्पताला चिकित्सक डा बेला त्रिवेदीका अनुसार पहिले यो अस्पतालमा बिरामीको उपचार २५ पैसामा हुने गर्दथ्यो । तर भारतीय रिजर्ब बैंकले २५ पैसाको सिक्का निकाल्न बन्द गरेपछि उपचार शुल्क एक रुपैयाँ कायम गरिएको हो ।

बिरामीको लागि औषधि तीन रुपैयाँमा पाउन सकिन्छ । बीबीसीसंगको कुराकानीमा डा त्रिवेदीले ट्रष्टद्धारा सञ्चालित यस अस्पतालले अहिलेसम्म लाखौँ बिरामीलाई उपचार सेवा दिएको बताईन् ।

यहाँ ज्वरो खोकी, एसिडिटी, उल्टी हुने समस्या, जोर्नी तथा मांसपेशीको दुखाई तथा स्त्री रोग सम्वन्धी उपचार भइरहेको छ । अस्पतालमा स्वास्थ्य सेवा लिनका लागि अधिकांश महिलाहरु आउँछन् ।

मंहगीको यो जमानामा स्थानीयले एक रुपैयाँमा उपचार पाउँदा निकै खुशी छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *