आधा वर्ष ‘लाइफ सपोर्ट मेसिन’ले बाँचेका १३ वर्षीय बालकको मुटु प्रत्यारोपण सफल

fizer काठमाडौँ, २० माघ । हङकङमा एक १३ वर्षीय बालकको मुटु प्रत्यारोपण गरिएको छ । बालकका बाबुले ‘चन्द्र वर्ष’को शुरुवातमा छोराले नयाँ जीवन उपहार पाएको बताएका छन् ।

हङकङ चिल्ड्रेन हस्पिटलले गत मंगलबार आठ घण्टा लामो सर्जरी पछि अहिले ती बालक आइसीयूमा स्वास्थ्य लाभ गरिरहेको उल्लेख गरेको छ । अहिले उनको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

फङ नाम गरेका ती बालकलाई गत वर्षको अगस्टमा मुटुको मांसपेशी सम्वन्धी एक खालको रोग कार्डियोमाइप्याथी भएको थियो ।

‘हामी त्यसपछि उपयुक्त अंगदाताको पर्खाईमा थियौँ । तर जब डाक्टरले प्रत्यारोपणको लागि मुटु प्राप्त भएको भन्दै फोन गरे त्यसपछि शल्यक्रियाको सम्भावित जोखिमलाई लिएर झनंै चिन्तित भएका थियौँ,’ बालकका बुबा साङ लेउङले भने ।

उनले थपे ‘सफल सल्यक्रिया पछि मेरो छोराले नयाँ जीवन पाएको छ , त्यो पनि चन्द्र वर्षको शुरुवातमा ।’

साङ लेउङका अनुसार ज्वरो आउने, छाती दुख्ने र चिसो हुने समस्या देखिएपछि फङलाई गतवर्ष ८ अगष्टका दिन उनलाई काइटाकस्थित हङकङ बाल अस्पताल सारिएको थियो । गम्भीर हृदयघातबाट पीडित उनी करीव आधाबर्ष लाइफ सपोर्ट मेसिनको सहायतामा बाँचेका थिए ।

‘हामी अंगदाताप्रति निकै नै आभारी छौँ जसले मेरो छोराको जीवन बचाउनका लागि दुर्लभ अवसर प्रदान गर्नु भएको छ,’ फङका बुवाले भने ।

उनले अस्पतालका र त्यहाँका मेडिकल स्टाफप्रति पनि अनुग्रहित भएको बताए ।

त्यसो त हङकङमा मुटु प्रत्यारोपणका लागि अंगदाता पाउन सहज थिएन । त्यसैले यो केशलाई ‘रियर’ भनिएको हो ।

अस्पतालका अधिकारीहरुका अनुसार गतवर्ष अक्टोबरसम्म त्यस शहरका २ हजार ७ सय बिरामी अंगप्रत्यारोपणका लागि पर्खाईमा थिए । त्यसमध्ये ७८ जना स्थानीय मुटु प्रत्यारोपणको आशामा थिए । जवकी त्यहाँ पछिल्लो दश वर्षको तथ्यांक हेर्दा मुटुका लागि वर्षमा २० भन्दा कम दाता हुने गर्दथे । त्यहाँको खाद्य तथा स्वास्थ्य विभागले मुटु प्रत्यारोपणका लागि औषत पर्खाईको समय २६ महिना हुने गरेको बताएको छ । तर फङले त्यो भन्दा छोटो समयमा मुटु पाए ।

फङको लागि अंगदाता खोज्न गतवर्ष अक्टोवरमा डाक्टरहरुले सार्वजनिक अपिल गरेका थिए । त्यसमा उनका बाबु आमा पनि सामेल थिए ।

यस्तै प्रत्यारोपणका लागि कार्डियोथोरासिक सर्जरी, कार्डियोलोजी, एनेस्थेसियोलोजी र पेरिओपरेटिभ मेडिसिन तथा प्याथोलोजी विभागको महत्वपूर्ण योगदान गरेको उल्लेख छ । हङकङका द क्वीन म्यारी हस्पिटल र ग्रानथम हस्पिटलले पनि ती किशोर विरामीका लागि सहयोग प्रस्ताव राखेका छन् ।

फङका बाबुले आफ्नो छोराको पहिले कुनै गम्भीर रोग नभएको भन्दै जीवनप्रति आशावादी भएको बताएका थिए । उनले छोरा छिटो निको हुनेमा विश्वस्थ छन् ।

अस्पतालका पेडियाट्रिक एण्ड एडोलसेन्ट मेडिसिन विभाग प्रमुख डा रोविन चेन हैसनले भने फङका लागि मुटु प्रत्यारोपण नै एक मात्र विकल्प थियो । त्यो गरयौँ । र सफल भयौँ । त्यसअघि सबै उपायहरु अवलम्बन भइसकेको थियो ।

# साउथ चाइना मोर्निङपोष्टको सहयोगमा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *