तीन सातापछि नेपालमा कोरोनाको नयाँ संक्रमित भन्दा निको हुने बढी
काठमाडौँ, १५ माघ । करीव तीन साता पछि नेपालमा कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढेको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कोरोना अपडेटमा नयाँ संक्रमितको संख्या ४ हजार ९०४ देखिएको छ भने निको हुनेको संख्या ५ हजार ९२४ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा १० हजार१०१ जना पीसीआर र ४ हजार ४६१ जनाको एन्टीजेन गरी कुल १४ हार ५६२ जनाको कोभिड परीक्षण गरिएको थियो । त्यसमध्ये ३ हार ३१८ जनाको पीसीआर र १ हार ५८६ जनाको एन्टीजेनमा कोभिड पोजेटिभ देखिएको हो । यो संगै आज देशमा ८७ हजार ३२९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयले शनिबार ६ जना कोभिड संक्रमितको ज्यान गएको बताएको छ । यस्तै यहि अवधीमा २ लाख ७२ हजार ७४८ जनाले कोभिडविरुद्धको खोप लगाएको उल्लेख गरेको छ ।
शनिबार काठमाडौँ उपत्यकामा काठमाडौँ जिल्लामा थप १ हजार ४०४ जना, भक्तपुरमा १११ जना र ललितपुरमा ३०५ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमण दर अहिले १८.२ प्रतिशत रहेको र मृत्यु प्रति दश लाख जनसंख्यामा ३८५.२ रहेको समेत मन्त्रालयले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]