कर्मचारीलाई कोरोना संक्रमण भएपछि संखुवासभा अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द
संखुवासभा, १० माघ । कर्मचारीहरुलाई कोरोना सङ्क्रमण भएपछि संखुवासभा अस्पतालले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. योगेन्द्रमणि बस्नेतले आइतबार सूचना जारी गर्दै आज (१० माघ) देखि १५ माघसम्म अत्यावश्यक सेवा बन्द भएको जानकारी दिएका छन् ।
डा बस्नेतले अत्यावश्यक सेवामा आकस्मिक सेवा, प्रसूति सेवा र फिभर क्लिनिक उल्लेख गर्दै ती सेवाहरु यथावत रुपमा सञ्चालन रहेको स्पष्ट पारेका छन् । तर अस्पतालमा हुने अन्य ओपीडी लगायतका सेवाहरु माघ १५ गतेसम्मका लागि बन्द गरिएको जनाएको छ ।
सङ्खुवासभामा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या १२३ पुगेको छ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]