भारतमा कोरोना संक्रमण दर तीन दिन यता घट्दो क्रममा
काठमाडौँ । भारतमा कोरोना संक्रमण घटन थालेको छ । पछिल्लो तीन दिन यता नयाँ संक्रमण घट्दो क्रममा रहेको त्यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
दैनिक भास्करका अनुसार शनिवार ३ लाख ३१ हजार ३७१ नयाँ संक्रमित भेटिएको छ । शुक्रबार ३ लाख ३७ हजार र बिहीबार ३ लाख ४७ हजार नयाँ केश भेटिएको थियो ।
मृत्युको संख्या विहीबारको तुलनामा केही कम भएपनि शुक्रबार भन्दा शनिबार केही बढी देखिएको छ । विहीबार ७०३ जनाको मृत्यु हुँदा शुक्रबार ४८८ जनाको मृत्यु भएको थियो । शनिबार सो संख्या केही बढेर ५२० पुगेको छ ।
यसैबीच महाराष्ट्र राज्यमा पछिल्लो चौविस घण्टामा ४६ हजार ३९३ जनामा संक्रमण देखा परेको छ । यो शुक्रबारको तुलनामा १ हार ८७७ जनाले कम हो ।
यता दिल्लीमा शुक्रबारको तुलनामा शनिबार संक्रमण दर केही बढेको छ । शुक्रबार १० हजार ७५६ जनामा संक्रमण भेटिदा शनिबार ११ हजार ४८६ जनामा नयाँ संक्रमण देखा परेको जनाइएको छ । यद्धपी सक्रिय संक्रमितको संख्या भने घट्दो क्रममा रहेको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]