मन्त्रिपरिषद् बैठक : स्वास्थ्यका तीन जना एघारौँ तहमा नियुक्त
काठमाडौँ, २६ जेठ – सरकारले स्वास्थ्य सेवा हेल्थ इन्फेक्सन समूह अधिकृत एघारौँ तहमा भोगेन्द्रराज डोटेल, झलक शर्मा पौडेल र चन्द्रदेव महतोलाई बढुवा गरी नियुक्ति गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गरी नियुक्ति गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालयको बढुवा समितिले गत १ फागुनमा ती तीन जनालाई बढुवा गर्न लोकसेवालाई सिफारिस गरेको थियो । सोही सिफारिसलाई आयोगको १३ जेठमा बसेको बैठकले बढुवा गर्ने निर्णय गरेको थियो ।
आयोगको सोही निर्णयलाई आज बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको बैठक पछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]