यी हुन् गणतन्त्र दिवसमा पदक पाउने चिकित्सक तथा स्वास्थ्यकर्मीहरु
काठमाडौं, १५ जेठ – गणतन्त्र दिवशको अवसरमा प्रदान हुने विभिन्न पदक तथा विभुषणबाट यसबर्ष १० चिकित्सक सहित १३ जना स्वास्थ्यकर्मी सम्मानित भएका छन् ।
सुप्रवल जनसेवा श्री पाउनेमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, बरिष्ठ चिकित्सक डा. वीरेन्द्र कुमार विष्ट, मुुटुरोग विशेषज्ञ डा. यादवदेव भट्ट, मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह रहेका छन् । त्यसैगरी डा. नरेशकुमार गिरी वीरन्द्र छाउनी अस्पताल, डा. अशोक बास्कोटा वि एण्ड वि, र डा. राजकुमार रौनियार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पनि पदकबाट विभूषित भएका छन् ।
यसैगरी प्रबल जनसेवा श्री पाउनेमा डा. राजन पाण्डे भेरिअञ्चल अस्पताल बाँके, किष्ट मेडिकल कलेजका डा. सुरज बज्रचार्य, प्रहरी अस्पतालका डा. सञ्जयविक्रम श्रेष्ठ र सशस्त्र प्रहरी अस्पतालका कुल नेम्वाङ रहेका छन् ।
रुपेन्देही जिल्लाबाट महिला स्वास्थ्य स्वयम् सेविका विष्णु कुमारी थापा र रुम स्वास्थ्यचौकीकी अनमी मिलन बुढाथोकीले जनसेवा श्री पदकबाट बिभूषित भएका छन् ।
सम्पर्क इमेल : [email protected]