तपाँईले थाहा पाउनुपर्ने मुटुको इमर्जेन्सी अवस्था र जोगिने उपायहरू
मुटुको इमर्जेन्सी अवस्था भन्नाले त्यस्तो अवस्थार्ला बुझिन्छ जुन अवस्थामा तत्कमाल उपचार नगरेको खण्डमा ज्यान जाने खतरा रहन्छ । मुटुले दिमाग (गिदी) लगायत शरीरका विभिन्न अंगहरूमा रगतको साथमा अक्सिजन, ग्लुकोज र पोषण तत्वहरुको आपुर्ति गर्छ ।
शरीरका लागि अत्यावश्यक वस्तुहरुको आपूर्ति रोकिएको खण्डमा सबैभन्दा पहिले दिमागमा असर गर्छ । ५ मिनेटसम्म दिमागमा अक्सिजन र ग्लुकोजको आपूर्ति बन्द भएको खण्डमा दिमागको मृत्यु हुन्छ । दिमाग मरेपछि ज्यान सकिएको मानिन्छ ।
मुटुको इमेर्जेन्सी अवस्था उत्पन्न हुदा रक्त सञ्चालनमा अवरोध उत्पन्न हुन्छ र दिमाग लगायत अन्य अंगहरुमा अक्सिजन र ग्लुकोजको आपूर्ति घटछ । यस प्रकार आवश्यक वस्तुहरूको आपूर्ति घटदै जादा ज्यान खतरामा पर्छ । इमेरजेन्सी अवस्थामा तत्काल उपचार गर्नुपर्छ , कत्तिपनि ढिलाई गर्नुृहुदैन ।
ढिलाई गर्दा पछुताउनु पर्ने हुन्छ । एक पल्ट दिमाग मरेपछि यसलाई फेरी व्युताउन सकिदैन । ५ मिनेट अघि वा पछि भन्ने कुरालेपनि धेरै नै फरक पार्छ । अस्पताल पुर्याउन ढिला भएर अकालमै ज्यान गुमाउनु परेका धेरै घटनाहरु हामीले देखेका छौ । अस्पताल समयमै पुर्याएर पनि उपचारमा ढिलाई भई ज्यान गुमेका दुखदायी घटनाहरु पनि हामीले देखेका छौ ।
यसकारण इमर्जेन्सी अवस्थामा तुरुन्त अस्पताल जानुपर्छ र अस्पतालमा पनि तुरुन्तै उपचारको सुरुवात गरिनुपर्छ भन्ने कुरा सबैले बुझनुपर्छ ।
यसैका लागि अस्पतालहरुमा इमर्जेन्सी विभाग खोलिएका हुन् । इमर्जेन्सी अवस्थामा विरामी टिकट काटेर, लाईन बसेर डाक्टरलाई जचाउने तर्फ लाग्यो भने लाइन बस्दा बस्दै उसको मृत्यु हुन्छ । इमेरजेन्सी विभागको काम भनेकै यस्तै तत्काल उपचार गरि हाल्नुपर्ने रोगी वा विरामीहरूलाई सेवा पुरयाउने हो ।
खुट्टा वा हातको नसा काटिएर रक्तश्राव भइरहनु, झाडाबान्ता भएर शरीरमा रक्तचाप घटनु, पानी र लवणहरु कमी हुन, शरीरमा कुनैपनि कारणबस असहय पीडा हुनु , उल्टीहुने र बेहोुस हुने गरी टाउकोमा चोट लसाग्नु पेटभित्र आन्दा फुटनु वा बटारिनु आदि सबै इमर्जेन्सी अवस्थहरु हुन् ।
मुटुका इमर्जेन्सी अवस्थाहरुबारे धेरैलाई जानकारी छैन । थाह पाइराख्नु जरुरी छ । बेस्सरी छाती दुख्दा अस्पताल जानुको सट्टा डाक्टरलाई घरमा बोलाएर जचाउने, तातो पानी वा डाइजिनको झोल खाई एकैछिन पछि सन्चो हुन्छ कि भन्ने आशामा घर मै आराम गरी समय बर्वाद गर्ने, हातको नाडी विस्तारै चल्ने र बेहोस हुने अवस्थामा पनि कमजोरीले होकी भनी घरमै आराम गरी बस्ने , रक्तचाप धेरै नै बढी हुँदा पनि मलाई टाउको दुखेकै छैन भनि उपचार गर्न नमान्ने चलन आज सम्म पनि हाम्रो समाजमा व्याप्त छ ।
मुटुका इमजेन्सी अवस्थाहरुको समयमै पहिचान गरी प्राथमिक उपचार विधि अपनाई सक्दो चाँडो अस्पतालको इमजेन्सी विभागमा पुग्नुपर्छ भन्ने जानकारी सबैलाई हुनु जरुरी छ । निम्न अवस्थाहरुलाई हामीले मुटुका इमरजेन्सी अवस्थाहरु हुन भनेर भन्न सक्दछौँ ।
१. छातीको बीच भागमा धेरै पिडा हुने
मुटु छातीको बीच भागमा हुन्छ । यसभागमा धेरैनै दुख्यो भने हृदयघातको शंका गर्नुपर्छ । हृदयघात हुदा छातीको बीच भागमा छुरीले रोपेजस्तो , डोरीले कसेजस्तो, वा ढुङ्गाले थिचेजस्तो पीडा हुन्छ । यो पिडा केही गर्दा पनि ठीक हुदैन । साथमा खल्खली पसिना आउने र वाकवाकी लाग्ने हुन्छ ।
मुटुभित्र रगत पु¥याउने नसा बन्द भयो भने यस्तो पिडा उत्पन्न हुन्छ । यो इमरजेन्सी अवस्था हो । छातीमा पीडा उत्पन्न हुने वित्तिकै यसको उपचार सुरु गर्नुपर्छ । बन्द भएको नसालाई खुलाउने तर्फ उपचार केन्द्रीत हुनुपर्छ । यस्तो उपचार अस्पतालको आइसीयु-सीसीयुमा मात्रै सम्भव हुन्छ । बन्द भएको नसालाई जति चाडो खुलाउन सकियो त्यति राम्रो हुन्छ ।
छातीमा पिडा उत्पन्न भएको १ घण्टा भित्र अस्पताल पुर्याएर उपचार गर्नु सर्बैभन्दा उत्तम हुन्छ । यो पहिले १ घण्टालाई स्वर्ण घण्टा (गोल्डेन आवर) भनिन्छ । यो समयमा बन्द भएको नसा खुल्यो भने हृदयघात भए ता पनि मुटुलाई क्षति हुनबाट बचाउन सकिन्छ । ६ घण्टा भित्र नसालाई खुलाउन सक्यो भने सानो क्षति पुग्छ । यो भन्दा धेरै ढिला भयो भने धेरैनै ठूलो क्षति हुनसक्छ । स्तो अवस्थामा मुटुको मांसपेसीको केही भाग मर्दछ र मुटु सदाका लागि कमजोर भएर जान्छ । ढिला गरिएको उपचारको महत्व हुदैन । एकपल्ट मुटुको मांसपेशी मरेपछि त्यो व्युतिदैन ।
छाति दुखेपछि हिडेर वा सवारी साधन आफैले चलाएर अस्पताल जानु हुदैन । यसले खतरापैदा गर्न सक्छ ।अरुको सहयोगमा मोटरमा बसी अस्पताल जानुपर्छ । एम्वुलेन्स आउन ढिला हुने जस्तो भए अरु नै सबारी साधानमा भएपनि अस्पताल छिटो पुग्नुपर्छ । किनकी हृदयघातको उपचारमा समयको एकदमेै महत्व हुन्छ । घडीको सुई जति धेरै घुम्छ त्यति नै विरामीको मृत्युहुने सम्भावना बढेर जान्छ ।
अस्पताल जाने क्रममा केही प्राथमिक उपचारका विधिहरु अपनाउदा बेस हुन्छ । जस्तै एक चक्की एस्पिरिन औषधि मुखमा हालेर चुस्ने, कस्एिको कपडा, कमर पेटी फकालेर जिउ हलुका बनाउने , टाउकोलाई केही उठाउने गरी सिरानी राखेर आरामसंग पल्टने, झलाय ढोका खोलेर खुला हावामा सास फेर्ने, ५ मिलिग्राम सोरविट्रेड वा आयसोड्रिल चक्की जिव्रोमुनि राख्ने , खानेकुरा केही पनि नखाने आदि ।
अस्पताल नपुग्दासम्म हातको नाडी छाम्दै गर्नुपर्छ । नाडी पूर्णतया बन्द भयो, हरायो र विरामी बेहोस भयो भने छातीको मसाज र कृतिम श्वास दिनुपर्छ । यसो गरेर पनि विरामीलाई ३० – ४० मिनेट सम्म बचाईराख्न सकिन्छ । अस्पताल नपुर्याउदासम्म सो कार्य जारी राख्नुपर्छ ।
२. दम धेरै बढने
मुटु फेल हुदा दम बढछ । मुटु फेल भयो भने ज्यान जान सक्छ । मुटुरोगीको दम बढनु भनेको मुटु फेल हुनु हो । दम खतराको घण्टी हो । यो आफैमा रोग होइन । दम हार्ट फेलको महत्वपूर्ण लक्षण हो । अलि अलि मात्र दम बढने भएको छ भने यो इमर्जेन्सी अवस्था होइन । तर धेरै नै बढ्यो भने चाही इर्मजेन्सी अवस्था हो ।
आरामसाथ बस्दा वा दुई चार पाइला मात्र हिडदा पनि दम बढने हुन्छ भने यसलाई हार्टफेलको माथिल्लो अवस्था मानिन्छ । कसै कसैलाई सुतेको केही समयमै निसास्सिएर उठने, स्वाँ स्याँ हुने, बसेपछि ठिक हुने हुन्छ । पल्टिदा दम बढने र बस्दा घटने पनि हार्टफेलको माथिल्लो अवस्था हो ।
यस्तो हुँदा अस्पतालको इमेजेन्सीमा उपचारका लागि जानुपर्छ । हार्टफेल हुँदा दमको साथमा खोकी लाग्ने, कहिलेकाही कफमा रगत देखापर्ने , दुवै खुट्टा सुन्निने हुन्छ । हार्ट फेल भएको अवस्थामा खुट्टा तल झार्ने र टाउको माथि उठाउने पोजिसनमा बस्नुपर्छ । २ – ३ वटा तकियामा आड लागेर बस्नु उत्तम हुन्छ । झोल पदार्थ पिउनु हुँदैन । पिसाव बढाउने औषधि लिनुपर्छ । अक्सिजन लिनुपर्छ र जतिसक्दो चाडो उपचारका लागि अस्पताल जानुपर्छ ।
३. मुटु धेरै छिटो वा धेरै ढिलो चल्ने :
मुटुको गति प्रतिमिनेट ६० देखी १०० हुनुपर्छ । यदि कसैको मुटु प्रतिमिनेट ४० भन्दा कम र १५० भन्दा बढी भयो भने यो इमेर्जेन्सी अववस्था हो । यस्तो अवस्थामा चक्कर लाग्ने र बेहोस हुने हुन्छ । मुटु धेरै ढिलो वा धेरै छिटो चल्यो भने मुटुले राम्रोसंग काम गर्न सक्दैन ।
जसका कारण दिमागमा पर्याप्त मात्रमा रगत पुग्दैन । यसो हुँदा दिमागलाई क्षति पुग्छ । धेर्रै क्षति पुग्यो भने दिमाग मर्न सक्छ । त्यसैले जतिसक्यो चाडो मुटुको धडकन ठिक पार्ने उपचार शुरु गर्नुपर्छ ।
प्राथमिक उपचारका रुपमा मुटु धेरै छिटो चल्दा गहिरो श्वास तानेर भित्रे रोक्ने, आँखामा चिसो पानीले भिजेको रुमाल राख्ने , घाटीको दाँया तर्फको ठूलो नसा (केरोटिड नसा) मा मालिस गर्ने, हातका औलाहरुलाई मुखभित्र छिराएर घाटीसम्म पुर्याइ उल्टी हुने गरी वाक वाक गर्ने आदि गर्नुपर्छ । यसो गर्दा छिटो छिटो चलेको मुटुलाई ठिक गतिमा चल्ने हुन सक्छ ।
मुटु धेरै छिटो चलेर विरामी बेहोस भयो, रक्तचाप धेर्रै नै घटयो, मृत्युको सम्भावना जस्तो देखियो भने ढिला नगरी दायाँ हात मुठि कसेर बेसी विरामीको छातिमाथी एकपल्ट बजार्नुपर्छ । यसले करेन्ट (सक) दिएजस्तै काम गर्छ । एकपल्टमा नभएमा फेरी मुठीले छातिमा हिर्काउने काम दोहोर्याउनुपर्छ ।
यो कार्य निर्दयी जस्तो देखिएपनि मुटु धेरै छिटो वा ढिलो चली बेहोस भएको अवस्थामा ज्यान बचाउन सक्ने एकमात्र प्राथमिक उपचार हो । अस्पतालमा मेसिनबाट विद्युतिय झडका मुटुमा लगाइन्छ । अस्पतालमा पुर्याउनु भन्दा अगाडी जोडले छातीमा बजारेको मुक्काले विद्युतिय झडका सरह सञ्जीवनीको काम गर्न सक्छ ।
४. मुटुको गति बन्द हुन नदिन विरामी आफैले अपनाउन सक्ने महत्वपूर्ण उपाय :
हृदयघात वा अन्य कारणले मुटुको गति बन्द हुने अवस्था आयो भने चक्कर लाग्छ । बेहोस हुने स्थिति आउछ । १० सेकेन्ड भित्र प्राथमिक उपचार नगरे बेहोस भइन्छ । विरामी एक्लै भएको अवस्थामा यस्तो परिस्थिति आयो , साथमा कोही छैन, औषधि समेत केही छैन तर अस्पताल धेरैटाढा छैन भने अस्पताल जाँदा जाँदै (आफै सवारी चलाएर पनि ) एक प्रभावकारी उपाय अपनाउन सकिन्छ ।
यसरी प्राथमिक उपचार गर्दा आत्तिनु हुदैन र बेस्सरी जोडसंग खोक्न सुरु गर्नुपर्छ । खोकी कफ निकाल्न सक्ने जति जोडका साथ हुनुपर्छ । यसरी गहिरो सास लिने र जोडसंग खोक्ने प्रयास गर्नुपर्छ । यसो गर्दा कृतिम श्वास र मुटुको बाहिरी मालिस ( हार्ट मसाज) गर्दाको जस्तै लाभ मिल्छ । अस्पताल पुगेर उपचार सुरु नहुन्जेल सास तान्ने , जोडले खोक्ने कार्य जारी राख्नुपर्छ ।
५ . रक्तचाप धेरै बढने :
यदि रक्तचाप १८०- ११० मिमि वा सोभन्दा बढी पुग्यो र साथमा चक्कर लाग्ने , छाती दुख्ने , दम बढने , आखा धमिलो देख्ने हातखुट्टा लुलो हुने आदि कुनै पनि लक्षण देखा पर्य भने यो इमेरजेन्सी अवस्थ हो ।
यस्तो अवस्थामा अस्पताल भर्ना भएर तुरुन्त उपचार गर्नुपर्छ । यदि रक्तचाप धेरै बढेको छ तर लक्षणहरु केही पनि छैन विरामीलाई कुनै अप्ठेरो छैन भने पनि तत्काल रक्तचाप घटाउने औषधि गर्नु जरुरी छ । रक्तचाप धेरै बढयो भने तत्काल उपचार गर्नुपर्छ अन्यथा हृदयघात , मस्तिस्कघात , अन्धोपन, मृगौलाफेल आदि परिणाम भोग्नुपर्ने हुन्छ ।
रक्तचाप बढ्दा यी प्राथमिक उपचारका विधि अपनाएको खण्डमा राम्रो हुने छ । तातो पानी पिउने , नुन नखाने, खुट्टा झुन्डाउने, र टाउको माथि पारेर २–३ वटा तकियाको आड लागेर आराम साथ बस्ने , आँखा बन्द गर्ने , निधारमा चिसो रुमाल भिजाएर राख्ने , कोठाको रेडियो , टिभि आदि हल्ला हुने सबैचिज बन्द गर्ने , रक्तचाप घटाउने कुनै औषधि, पिसाव बढाउने औषधि वा निद्रा लगाृन ट्रयाङ्कुलाईजर साथमा भए १ चक्की खाने , रक्तचाप घटाउनका लागि डिपिन ५ मिलिग्राम औषधी मुखमा राखेर चुस्नु लाभदायक मानिन्छ ।
सम्पर्क इमेल : [email protected]