रुसी खोप स्पुत्निक–भी लाई २६ देशमा अनुमति
मस्को, १ फागुन । कोरोनाभाइरस विरुद्ध रुसमा विकास गरिएको खोप प्रयोगका लागि विश्वका २६ देशमा अनुमति दिइएको छ ।
रूसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ)ले रुसी खोप स्पुत्निक–भी प्रयोगका लागि २६ देशले अनुमति दिएको शुक्रबार जनाएको छ ।
“अहिलेसम्म विश्वका २६ देशका अधिकारीहरूले स्पुत्निक–भीको प्रयोगका लागि अनुमति दिइसकेका छन्,” आरडिआइएफद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
यति धेरै देशहरुले कोरोनाविरुद्ध लड्नका लागि स्पुत्निक–भीको प्रयोग गर्न अनुमति दिइएकाले यो खोप विश्वकै धेरै लोकप्रिय खोप अन्तर्गत परेको अधिकारीहरूको भनाइ छ ।
उनीहरूका अनुसार धेरै माग गरिएका मध्ये तेस्रो क्रममा स्पुत्निक–भी खोप परेको छ । रासस/एएनआई
सम्पर्क इमेल : [email protected]