माग पुरा गर्न संयुक्त स्वास्थ्य संघर्ष समितिले स्वास्थ्यलाई एक साताको म्याद थप्यो
काठमाडौँ, २९ मंसिर । नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिले आफ्ना १८ बुँदे माग पुरा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप एक साताको समयावधी दिएको छ । यसअघि दिइएको तीन साताको समयावधी सकिएकै दिन विज्ञप्ती जारी गर्दै समितिले माग पुरा गर्न सरकारलाई थप साता समय दिइएको जनाएको छ ।
समितिका संयोजक डा लोचन कार्कीले थपिएको समयावधीमा समेत माग पुरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने बताए ।
संयुक्त स्वास्थ्य संघर्ष समितिमा स्वास्थ्यसंग सम्वन्धीत विभिन्न १९ वटा ट्रेड युनियन तथा संगठनहरु आवद्ध छन् ।
उनीहरुले कोभिड १९ मा खटिएकाहरुको जोखिमभत्ता, पेशागत सुरक्षा, पारिश्रमिकमा बृद्धि लगायतका विभिन्न मागहरु राखेका छन् ।
माग पुरा गर्न यसअघि दिइएको २१ दिनको अवधीमा सरकार पुरै मौन रहेको समेत आरोप लगाएका छन् ।
सम्पर्क इमेल : [email protected]