डब्लुएचओद्धारा दश करोड मानिसलाई सुर्तीजन्य पदार्थ छोडाउने विश्वव्यापी अभियान सुरू
जेनेभा । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले एक बर्ष भित्र दश करोड नागरिकलाई सुर्तीजन्य पदार्थको प्रयोग छोडाउन विश्वव्यापी अभियानको सुरू गरेको छ । विश्व धूमपानरहित दिवस -२०२१ को सन्दर्भलाई जोडेर डव्लुएचओले मंगलबारबाट यो अभियान सुरू गरेको हो ।
‘कमिट टू क्वीट’ अर्थात ‘छोडन प्रतिवद्ध’ भन्ने नारा दिइएको सो अभियानका लागि डल्वुएचओले सुर्तीजन्य पदार्थ छोड्नुपर्ने १०० भन्दा बढी कारणहरु ह्वाट्स एप र अन्य प्रकाशनमार्फत उल्लेख गरिएको छ ।
कोरोना महामारीकै बेलामा पनि लाखौँ सुर्तीजन्य पदार्थको प्रयोगकर्ताले आफूहरु यसलाई सकेसम्म छिटो छाड्न चाहेको बताएका छन् । यो अभियानले कम्तिमा १० करोड प्रयोगकर्तालाई सुर्तीजन्य पदार्थ छोड्नका लागि मद्धत पुग्ने विश्वास गरिएको छ ।
‘कमिट टू क्वीट’ अभियानले सुर्तीजन्य पदार्थ छाड्ने नीतिको वकालत गर्न स्वस्थ बाताबरण तयार गर्छ । यस्तै सुर्ती उद्योगीहरुको नयाँ रणनीति बारेमा जागरुक गराउन र सुर्तीजन्य पदार्थको प्रयोगकर्तालाई छाड्ने प्रयासलाई सफल बनाउन सहयोग गर्ने बताइएको छ ।
अभियान अन्तरगर्त डव्लुएचओले आफ्ना साझेदारहरुसंगको सहयोगमा सुर्तीजन्य पदार्थको प्रयोगलाई छाड्न चाहनेहरुका लागि डिजिटल माध्यमबाट सामाजिक सहयोग उपलव्ध गराउने छ । उसले सबैभन्दा बढी सुर्तीजन्य पदार्थ प्रयोगकर्ताहरु भएका देशहरुमा आफ्नो मुख्य ध्येय रहेको समेत जनाएको छ ।
डव्लुएचओका अनुसार विश्वव्यापी रुपमा अहिले पनि ७८ करोड बढी मानिसले सुर्तीजन्य पदार्थको प्रयोग छाडन चाहेका छन् । तर ती मध्ये ३० प्रतिशतलाई मात्रै छाड्नका लागि उपयुक्त बाताबरण तथा पहुँचमा छन् । अहिलेको अभियानले बाँकी ७० प्रतिशतलाई पनि छोडनका लागि उपयुक्त बातारबण प्रदान गर्ने लक्ष्य राखेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थको प्रयोगबाट संसारभर बार्षिक ८० लाख मानिसको मृत्यु हुने गरेको छ । उसले कोभिड – १९ को संक्रमण र मृत्यु हुने जोखिम पनि सुर्तीजन्य पदार्थ प्रयोगकर्तालाई बढी हुने देखाएको छ ।
त्यसो क्यान्सर, स्वासप्रश्वास ससम्वन्धी रोग मधुमेश जस्ता नसर्ने रोग लाग्ने प्रमुख कारण पनि सुर्तीजन्य पदार्थको प्रयोग हुनु हो ।
सम्पर्क इमेल : [email protected]