रुसमा १ लाखभन्दा बढी नागरिकले कोभिड १९ को खोप लगाए


मस्को,१९ मङ्सिर । रुसमा एक लाखभन्दा पनि बढी नागरिकले रुसले नै विकास गरेको कोभिड १९ विरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड १९ का विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो ।

सो खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो । गत अगष्ट ११ मा नै रुसले सो खोप प्रयोगमा ल्याएको बताइएको थियो । यसरी रुस कोभिड १९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि बताइएको छ । रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले सो कुराको जानकारी दिएका छन् । साथै उनीले रुसले यहाँका नागरिकलाई सो खोप लगाएकोे बारेमा भिडियो पनि बनाएको र त्यसको लिंक पनि संयुक्त राष्ट्रसंघलाई दिइएको बताएको छ ।

गएको महिना मात्र सो खोपको प्रभावकारीताको बारेमा अनुसन्धान गरिएको थियो । सो अनुसन्धानबाट उक्त खोपले करिब ९२ प्रतिशतसम्म काम गर्ने पाइएको थियो । रुसका पनि पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार यहाँ २३ लाखभन्दा बढी नागरिक यसका संक्रमित रहेका पाइएको छ । रासस/एएनआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *