पछिल्लो २४ घण्टमा देशभर थपिए २०५९ जना कोरोना संक्रमित, संक्रमितको संख्या १ लाख नाघ्यो
काठमाडौँ, २३असोज । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ५९ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार २७९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार ५९जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा २ हजार ५९ जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १ हाजार ६ सय ८० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ७३ हजार २३ पुगेको छ ।
देशभरका क्वारेनटिनमा ४ हजार ७ सय ३ जना रहेका छन् । होम आइसोलेसनमा १५ हजार ८ सय ७७ रहेका छन् । संस्थागत आइसोलेसनमा ११ हजार १ सय ७६ छन् । त्यसैगरी देशरका अस्पतालका आइसीयूमा ३१८ र भेन्टीलेटरमा ७५ जना उपचाररत छन् ।
सम्पर्क इमेल : [email protected]