ग्रान्डी अस्पतालद्वारा पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण
काठमाडौँ (२५ बैशाख) – प्रथम राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आज पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।
नेपाल सरकार सूचना तथा संचार मन्त्रालय सुचना बिभाग र नेपाल पत्रकार महासंघ सँगको सहकार्यमा गरिएको निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरु सहभागी थिए ।
महासंघको केन्द्रीय कार्यालय परिषर सञ्चारग्राममा गरिएको निशुल्क स्वास्थ्य परीक्षणका लागि अस्पतालबाटजनरल मेडिसिन, इन्डोक्राइनोलोजी तथा डायबेटोलोजी, ग्याष्ट्रोइन्टेरोलोजी तथा दन्त बिभागका बिशेषज्ञ चिकित्सकहरु पुगेका थिए । त्यसैगरी सिबिसी, युरिन डिपिस्टिक टेष्ट, रेन्डम सुगर टेष्ट लगायतका प्रयोगशाला जाँचहरु समेत स्वास्थ्य परीक्षण कार्यक्रम स्थलमा नै उपलब्ध गराएको थियो ।
बिहान आठ बजे देखी अपरान्ह ४ बजेसम्म सम्म चलेको परीक्षणका लागि अस्पतालबाटअस्पतालका एमडी इन्टरनल मेडिसिन तथा डिएम ग्याष्ट्रो इन्टेरोलोजी डा. ए के कश्यप, एम डी इआर मेडिसिन डा. संजय कार्की, एमडी इन्डोक्राइनोलोजी तथा डायबेटोलोजी डा. सन्देश पन्थी, एमडी नेफ्रोलोजी डा.उपेन्द्र जोशी तथा कन्सल्ट्यान्ट डेन्टल सर्जन डा.मध्या भन्डारी लगायतका डाक्टरहरुको टिम पुगेको थियो ।
अस्पतालले आफ्नो नियमित कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरेको बताएको छ ।
सम्पर्क इमेल : [email protected]