कोरोना संक्रमणमा परेका ट्रम्पलाई थप उपचारका लागि सैनिक अस्पताल लगियो
वासिङ्टन, १७ असोज । कोभिड – १९ को संक्रमणमा परेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई थप उपचारका लागि सैनिक अस्पताल लगिएको छ।
उनलाई उपचारका लागि बेथेस्डा, मेरील्याण्ड स्थित वाल्टर रिड नेशनल मिलेटरी मेडिकल सेन्टर लगिएको हो । ट्रम्पलाई शुक्रबार मात्रै भाइरसको संक्रमण पुष्टि भएको थियो।
आफूलाई संक्रमण भएको घोषणा गरेको करिब १७ घण्टा पछि ट्रम्प उपचारका लागि सैनिक अस्पताल लैजान ह्वाइट हाउसमा आएको हेलिकप्टरतर्फ विस्तारै हिँडेर गएका थिए।
मास्क र सुट लगाएका ट्रम्पले सो क्रममा त्यहाँ उपस्थित संवाददाताहरूसँग भने कुनै कुरा गरेनन्।
‘मेरो विचारमा म एकदमै राम्रो गरिरहेको छु तर हामी यसले काम गर्नेछ भनेर सुनिश्चित गर्नेछौ,’ ट्विटरमा पोस्ट गरिएको छोटो भिडिओ पोस्टमा ट्रम्पले भनेका छन्।
सुरक्षात्मक सावधानी अन्तरगत अस्पताल रहँदा ट्रम्पले विशेष प्रकारको सुटमा काम गर्ने ह्वाइट हाउसकी प्रेस सेक्रेटरी कायलेग म्याकेनीले जानकारी दिएकी छन्।
ट्रम्पको स्वास्थ्यका बारेमा जानकारी राख्ने श्रोतले ७४ वर्षीय ट्रम्पलाई मध्यम प्रकारको ज्वरो रहेको जानकारी दिएको छ। ह्वाइट हाउसका चिकित्सक शन पिङ कोन्लीले ट्रम्पलाई परीक्षणकै क्रममा रहेका औषधिहरू मिलाएर उपचार गरिएको छ।
सम्पर्क इमेल : [email protected]