पछिल्लो २४ घण्टामा देशभर थपिए २७२२ जना कोरोना संक्रमित, संक्रमितको संख्या ८२,४५०

काठमाडौँ, १६ असोज । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । यो संख्या अहिलेसम्कै धेरै हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १४ हजार ७ सय ३९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा २ हजार ७ सय २२ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३ सय ७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ६० हजार ६ सय ९६ पुगेको छ ।

देशभरका क्वारेनटिनमा ४ हजार ८ सय ८५ जना रहेका छन् । होम आइसोलेसनमा ११ हजार ७ सय ६० रहेका छन् । संस्थागत आइसोलेसनमा ९ हजार ४ सय ७४ छन् । देशभरका अस्पतालका आइसीयूमा २१० र भेन्टीलेटरमा २९ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *