नेपालमा चुरोट खाने घटे, रक्सी खाने बढे


काठमाडौँ, १४ असोज । पछिल्लो छ बर्षको अवधीमा नेपालमा धूमपान प्रयोगकर्ता घटेका छन् । तर,  यहि अवधीमा मदिरा सेवनकर्ता भने बढेका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबार नेपालमा नसर्ने रोग सम्वन्धी जोखिम तत्वको सर्वेक्षण (स्टेप्स सर्वेक्षण) २०२० सार्वजनिक गरेको थियो । सोही सर्वेक्षण प्रतिवेदनबाट यी तथ्य बाहिर आएको हो । देशभरका १५ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिहरुमा गरिएको सो सर्वेक्षणमा ५ हजार ५९३ जना सहभागी भएका थिए ।

सर्वेक्षण अनुसार सन् २०१३ मा नेपालमा सूर्तिजन्य पदार्थ सेवन कर्ता ३०.७ प्रतिशत थिए । तर २०१९ मा गरिएको सर्वेक्षणले नेपालमा सूर्तिजन्य पदार्थ सेवनकर्ता २८.९ प्रतिशत रहेको देखाएको छ । त्यसमा पनि अझ धूमपान सेवनकर्ताको मात्रै तथ्य खोज्ने हो भने सन् २०१३ मा १८.४ प्रतिशतले धूमपान गर्दथे ।

सन् २०१९ मा आउँदा धूमपान प्रयोगकर्ता १७.१ प्रतिशत रहेको छ । तर यो अवधीमा धूमपानको सेवनकर्तामध्ये पुरुषको संख्या बढेको र महिलाको संख्या घटेको छ ।

सर्वेक्षणका अनुसार सन् २०१३ मा २७ प्रतिशत पुरुष धूमपान प्रयोगकर्ता थिए । सन् २०२८ मा धूमपान प्रयोगकर्ता पुरुष २८ प्रतिशत पुगेको छ । धूमपान प्रयोगकर्ता महिला भने सन् छ बर्ष अघि र अहिलेमा घटी देखिएको छ । सन् २०१३ मा १०.३ प्रतिशत रहेकामा सन् २०१९ मा आउँदा सो संख्या घटेर ७.५ प्रतिशतमा झरेको छ ।

रक्सी खाने बढे
नसर्ने रोगको कारक तत्व मानिने मदिराजन्य पदार्थ (अल्कोहल) प्रयोगकर्ता यो छ वर्षको अवधीमा बृद्धि भएको छ । सर्वेक्षणका अनुसार सन् २०१३ मा १७.४ प्रतिशतले अल्कोहल सेवन गर्दथे भने सन् २०१९ मा सेवनकर्ताको प्रतिशत बढेर २०.८ प्रतिशत पुगेको छ । यो अवधीमा पुरुष र महिला दुबै सेवकर्ताको प्रतिशत बढेको छ ।

विश्व स्वास्थ्य संगठनको सहयोगमा परिषद्ले हरेक छ छ बर्षमा नसर्ने रोगको जोखिम तत्वहरुको सर्वेक्षण गर्ने गर्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *