देशभर थपिए १५ सय ५९ जना कोरोना संक्रमित, संक्रमितको संख्या ७७ हजार ८१७
काठमाडौँ, १४ असोज । पछिल्लो चौविस घण्टामा देशभर थप १५ सय ५९ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १२ हजार २०५ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १५ सय ५९ जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ५६ हजार ४२८ पुगेको छ ।
देशभरका क्वारेनटिनमा ५ हजार ४२८ जना रहेका छन् । होम आइसोलेसनमा १० हजार ८०४ रहेका छन् । संस्थागत आइसोलेसनमा १० हजार ७७ छन् ।
सम्पर्क इमेल : [email protected]