देशभर थपिए १३ सय ५१ जना कोरोना संक्रमित, संक्रमितको संख्या ७४ हजार ७४५
काठमाडौँ, १२ असोज । पछिल्लो चौविस घण्टामा देशभर थप १३ सय ५१जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ८० जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १३ सय ५१ जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ७४२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ५४ हजार ६४० पुगेको छ ।
त्यसैगरी सून्य संक्रमित रहेका जिल्ला ५ वटा छन् भने ५ सय भन्दा बढी संक्रमित भएका जिल्ला ७ वटा छन् ।
देशभरका क्वारेनटिनमा ६ हजार ३१० जना रहेका छन् । होम आइसोलेसनमा १० हजार ९२९ रहेका छन् । संस्थागत आइसोलेसनमा ८ हजार ६९५ छन् त्यसैगरी देशभरका अस्पतालका आइसीयूमा २२५ जना उपचाररत छन् ।
सम्पर्क इमेल : [email protected]