गण्डकी प्रदेशमा थपिए ८२ जना कोरोना संक्रमित

पोखरा,२७ भदौ । गण्डकी प्रदेशमा थप ८२ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखा परेको छ ।

क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार कास्कीको पोखरा महानगरपालिकाका ३४ जना, गोरखाका १ जना, स्याङ्जाका ५ जना र नवलपरासीका ४२ जना छन् ।

सबैजना contact tracing  बाट पहिचान भएकाहरु हुन् । सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९०३ पुगेको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणले मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *