गण्डकी प्रदेशमा थपिए ४८ जना कोरोना संक्रमित


पोखरा, २६ भदौ । गण्डकी प्रदेशमा थप ४८ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखा परेको छ ।

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार कास्कीका १० जना,  लमजुङका ५, पर्वतका २,   नवलपरासीका २१ जना, तनहुँका १० जना गरी ५ जिल्लाका थप ४८ जना छन् ।

संक्रमितहरु कास्की जिल्ला पोखरा महानगरपालिका MCH का ३२ बर्षीय पुरुष मेट्रोसिटी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् भने ३५ बर्षीय महिला उपचारको लागि सोहि अस्पतालमा आएकी हुन् ।

लमजुङ बेशीसहरका २३ बर्षीय महिला लमजुङ जिल्ला सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् । तनहुँ भानुका ५ जना सशत्र प्रहरीमा कार्यरत हुन् भने अन्य सबै व्यक्तिहरु contact tracing बाट पहिचान भएका हुन् ।

संक्रमित सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७९५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *