एक चिकित्सक र २ नर्स सहित गण्डकी प्रदेशमा थपिए ६९ जना कोरोना संक्रमित


पोखरा,२२ भदौ । एक चिकित्सक र २ नर्स सहित गण्डकी प्रदेशमा थप ६९ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखा परेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६९  जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार कास्कीमा ३२ जना, नवलपरासीका १५ जना, गोरखााका १८ जना र तनहुँका ४ जनामा संक्रमण देखिएको छ ।

जसमा  पोखरा महानगरपालिकाको मेडीप्लस अस्पतालमा उपचाररत २ जना, पोखरा महानगरपालिका पृथ्वीचोकमा रहेको पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जना मध्ये २६ र २३ बर्षका २ जना महिला स्वास्थ्यकर्मी (स्टाफनर्स) हुन् भने ३६ र २७ बर्षका २ जना महिला सहयोगी कर्मचारी हुन् । त्यसैगरी कास्की जिल्ला, पोखरा महानगरपालिकामा रहेको पोखरा फूड्स प्रा.लि.मा कार्यरत १७ महिला र ८ जना पुरुष हुन् । नवलपरासी (ब.सु.पू.) जिल्ला, देबचुली.१२ का ४० बर्षीय पुरुष स्वास्थ्यकर्मी हुन् । पोखरा महानगरपालिका-३० का ३० बर्षीय पुरुष भरतपुर अस्पताल चितवनमा कार्यरत चिकित्सक हुन् भने तनहुँ जिल्ला, ब्यास-४ का २६ बर्षीय पुरुष पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा डायलासीसका लागि आएका हुन् । भरतपुर अस्पतालमा कार्यरत चिकित्सक सोहि अस्पतालको आईसोलेसन केन्द्रमा बसेका छन् भने तनहुँ, ब्यासका व्यक्तिलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६००  पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *