देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २५७ पुग्यो

 

काठमाडौँ, १८ भदौ । पछिल्लो चौबिस घण्टामा नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा थप ६ जनाको मृत्यु भएको बताए ।

प्रवक्ता डा गौतमले ४ जना महिला र २ जना पुरुष गरी थप १२ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको बताए ।

यी सहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर १ हजार २२८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कोरोना संक्रमणबाट मुक्त भई घर फर्कनेको संख्या ९ सय १७ रहेको छ ।

संक्रमित सून्य रहेका जिल्ला ६ वटा छन भने ५ सय भन्दा माथि संक्रमित रहेका जिल्ला १२ वटा छन् ।

देशभरका क्वारेनटिनमा ६ हजार ७४९ जना रहेका छन् । त्यसैगरी होम क्यारेनटिनमा ७ हजार ७४२ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा १० हजार ६७१ जना रहेका छन् । भेन्टीलेटरमा १७ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *