एक स्वास्थ्यकर्मी सहित गण्डकी प्रदेशमा थपिए ३५ जना कोरोना संक्रमित


काठमाडौँ, १७ भदौ ।  एक स्वास्थ्यकर्मी सहित गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमित देखिएको छ ।  क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टी भएको हो ।

जसमा ४ जिल्ला तनहुँका १, कास्कीका २३, लमजुङका ४ र  नवलपरासीका ७ जना रहेका छन् ।

तनहुँ जिल्ला सुक्लागण्डक-१ का संक्रमित महिला पोखराको अमरसिंह चोकमा रहेको पार्कल्याण्ड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी (स्टाफनर्श) हुन् ।कास्की जिल्ला पोखरा महानगरपालिका-१७ का २० जना नेपाल प्रहरीमा कार्यरत हुन । लमजुङ जिल्ला, सुन्दरबजारका-२ का ५० बर्षीय पुरुष ओमानबाट आएका हुन् भने सुन्दरबजार(९ का ४९ बर्षीय महिला स्थानीय किराना पसल संचालक हुन् ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या २ हजार २४५ पुगेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *