चितवनमा थप ४४ जनामा कोरोना संक्रमण

चितवन, १० भदौ । भरतपुर अस्पताल कोभिड -१९ प्रयोगशालामा मंगलबार गरिएको पीसीआर परीक्षणमा थप ४४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । थपिएका संक्रमितहरु ४० जना चितवनका हुन् भने बाँकी एक एक जना नवलपुर, रुपन्देही, तनहुँ र धनुषाका हुन् ।

चितवन बाहिरका उनीहरु क्रमश पुरानो मेडिकल कलेज, भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आएका बिरामी भएको बुझिएको छ ।

चितवनका संक्रमितमध्ये ३६ जना भरतपुर महानगरपालिकाका विभिन्न वडाका, तीन जना रक्तनगर नगरपालिकाका र एक जना खैरेनी गाँउपलिकाका रहेका छन् ।

अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले मंगलबार कुल २१८ जनाको नमूना परीक्षण गर्दा ४४ वटा नमूनामा कोभिड १९ पुष्टी भएको बताए । उनले संक्रमितमध्ये केही भर्ना भई उपचार गराई रहेका बिरामी र केही स्वास्थ्यकर्मी समेत रहेका संकेत गरे । ‘हाम्रै अस्पतालका होइनन् । अन्य अस्पतालका बिरामी र सेवामा खटिएका स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ भन्ने जानकारी पाएको छु,’ उनले स्पष्ट पारे ।

पछिल्लो समय चितवनमा कोभिड -१९ को संक्रमण बढ्दै जाँदा भरतपुर अस्पतालले छुट्टै आइसोलेसन बाहेक अप्रेसन थिएटर समेतको व्यवस्था गर्न लागेको छ । ‘अब कोही सुत्केरी हुन आएका गर्भवतिमा संक्रमण देखिन थाल्यो । कोही संक्रमितलाई एपेन्डिक्सको समस्या होला, यस्तो बेलामा सेवाबाट बन्चित गर्न मिलेन ।त्यसैले कोभिड -१९ बिरामी भए पनि सहज रुपमा सबै सेवा पाउन भनेरै छुट्टै टिम र सेटअप गर्न लागेका छौँ । अहिले त्यसको तयारी हुँदैछ,’ डा अधिकारीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *