काठमाडौँ उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण

काठमाडौँ, ९ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा गर्दै आएको कोरोना भाइरस (कोभिड १९) अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौँमा १९९ जना, ललितपुरमा १९ र भक्तपुरमा १४ जना गरी कुल २३२ जनामा संक्रमण देखिएको हो । पछिल्लो चौविस घण्टामा देशभर कोरोना संक्रमितको संख्या ८५५ जनामा संक्रमण देखिएको छ । कुल ११ हजार ३२७ जनाको पीसीआर परीक्षण गर्दा ८५५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यहि अवधीमा ३१३ जना भने कोरोना जितेर डिस्चार्ज भएका छन् ।

डा गौतमले अहिलेसम्म देशभर कुल संक्रमणमा पर्नेको संख्या ३३ हजार ५३३ जना र डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ जना रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *