देशभर थपिए ८५५ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३३ हजार ५३३
काठमाडौँ, ९ भदौ । पछिल्लो चौविस घण्टामा देशभर थप ८५५ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ११ हजार ३२७ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ८५५ जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ३१३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ सय पुगेको छ ।
त्यसैगरी कोरोना संक्रमित सून्य रहेको जिल्ला २ वटा छन् भने ५ सय भन्दा बढी संक्रमति रहेका जिल्ला ७ वटा छन् ।
देशभरका क्वारेनटिनमा १० हजार ४५३ जना रहेका छन् ।
सम्पर्क इमेल : [email protected]