नेपालमा कोरोना संक्रमणमा पर्ने डाक्टरको संख्या १३० पुग्यो, नर्स ८२ जना

काठमाडौँ, ६ भदौ । शुक्रबारसम्म देशभरमा कुल कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको थियो । त्यसमध्ये १३० जना संक्रमितहरु अस्पताल काम गर्ने चिकित्सक हुन् । यस्तै ८२ जना नर्स संक्रमित भएका छन् । प्रयोगशालामा काम गर्ने प्राविधिकहरु २७ जना संक्रमित भएका छन् ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी संक्रमित हुने क्रम पनि बढी रहेको जनाएको छ । महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले ठूलो संख्यामा डाक्टर नर्स तथा अन्य स्वास्थ्यकर्मी ठूलो संख्या संक्रमित भइरहेको बताए । ‘स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी सहित ४०० बढी स्वास्थ्य प्राविधिक तथा सहयोगीहरु संक्रमित भएको विवरण आएको छ । यसले अवस्थाको गाम्भीर्यतालाई प्रष्ठ पारेको छ,’ उनले भने ।

एक जना स्वास्थ्यकर्मी संक्रमित हुँदा, उ कार्यरत अस्पतालका अन्य स्वास्थ्यकर्मी, बिरामी र आफन्त समेत संक्रमित हुनसक्ने भन्दै प्राइमरी कन्ट्याक्टमा रहेकाहरुलाई क्वारेन्टिनमा पठाउने गरिएको छ । ठूलो संख्यामा जनशक्ति क्वारेन्टिनमा जाँदा कपितय अस्पताल वा स्वास्थ्य संस्थाको सेवा समेत प्रभावित हुन पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केश बढेसंगै सबैखाले अस्पताललाई कम्तीमा २० प्रतिशत बेड कोरोना संक्रमितका लागि उपचार गर्न छुट्याएर राख्न भनेको छ । यस्तै निजी मेडिकल कलेज तथा प्रतिष्ठानहरुलाई एक तिहाई बेड कोरोना विरामीका लागि भन्दै छुट्याउन भनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *