कोरोना विरुद्धको रुसी औषधी अक्टोबरदेखि फिलिपिन्समा परीक्षण गरिने

मनिला, २९ साउन । कोरोनाभाइरसका विरुद्धमा रुसले बनाएको औषधीको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ ।

चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले बिहीबार जानकारी दिए ।

परीक्षणका लागि रुसले सहयोग गर्ने पनि उनले बताए। फिलिपिन्सका हजारौ बिरामीलाई रुसले बनाएको औषधी प्रयोग गरिने भएको छ । तेस्रो चरणको परीक्षण फिलिपिन्ससँगै रुसमा पनि गरिने जनाइएको छ ।

बहुचर्चित रुसी औषधी यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै छोरीमा समेत परीक्षण गराएका थिए ।

रुसले बनाएको भनिएको औषधीले अहिले विश्वभरी नै चर्चा पाएको छ भने केही देशहरुले औषधी किन्ने मागपत्र समेत पेश गरिसकेको जनाइएको छ ।     रासस/एएनआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *