स्वास्थ्य मन्त्रालयले भन्यो, ‘६० बर्ष माथिका र १२ बर्ष मुनिकालाई घरबाट निस्कन नदिनु’
काठमाडौँ, १८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० बर्ष माथिका बृद्धबृद्धा र १२ बर्ष मुनिका बालबालिकाहरुलाई घरबाट निस्कन नदिन अनुरोध गरेको छ । कोरोना संक्रमणको जोखिम बढेको काठमाडौँ सहित बढी संक्रमण देखिएका र जनघनत्व भएका क्षेत्रहरुमा बालबालिका र बृद्धबृद्धालाई घरबाट निस्कन नदिन अनुरोध गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलले नियमित प्रेस ब्रिफिङमा संक्रमणबाट जोगिन व्यक्ति स्वयंले सावधानी अपनाउनुपर्ने भन्दै यस्तो आग्रह गरेका हुन् ।
आरडीटी जाँच नगर्न निर्देशन
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडिटी परीक्षण नगर्न निर्देशन दिएको छ। कोभिड – १९ को नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा गौतमले १४ साउनको मन्त्रिस्तरीय निर्णय मार्फत आरडिटी परीक्षणबाट निदान नगर्ने निर्णय भएको जानकारी दिए ।
उनले सो निर्णय अनुसार गर्न गराउन संघ प्रदेश र स्थानीय तहका अस्पतालहरुलाई निर्देशन दिएका हुन् ।
सम्पर्क इमेल : [email protected]