चौविस घण्टामा देशभर थपिए ३११ जना कोरोना संक्रमित, संक्रमितको संख्या १९ हजार नाघ्यो
काठमाडौँ, १३ साउन । पछिल्लो चौविस घण्टामा देशभर थप ३११ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३११ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ३११ जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १२९ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १२१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १३ हजार ८७५ पुगेको छ ।
त्यसैगरी देशभरका बिभिन्न क्वारेनटिनमा १५ हजार ३३१ जना रहेका छन् ।
अहिलेसम्म ५ वटा जिल्ला कोरोना मुक्त छन् । २ जिल्लामा ५०० बढी संक्रमित रहेका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]