भारतमा एकैदिनमा करिब ५० हजार सङ्क्रमित


नयाँदिल्ली, १२ साउन । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भएको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित भएकाको कुल संख्या १४ लाख ३५ हजार ४५३ पुगेको छ । तीमध्ये चार लाख ८५ हजार ११४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने नौ लाख १७ हजार ५६८ जना सङ्क्रणमुक्त भइसकेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट सङ्क्रमित भएर ७०८ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३२ हजार ७७१ पुगेको अधिकारीले जनाएका छन् ।

प्रदेशअनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र राज्यमा तीन लाख ७५ हजार ७९९ सङ्क्रमित भएका छन् । त्यसैगरी तमिलनाडुमा दुई लाख १३ हजार ७२३ जना र दिल्ली राज्यमा एक लाख ३० हजार ६०६ जना सङ्क्रमित भएका छन् ।    रासस/एएनआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *