सुझाव समितिमा नराखेको भन्दै औषधि आयातकर्ताले बुझाए ज्ञापनपत्र
काठमाडौँ, ५ साउन । नेपाल औषधि आयातकर्ता संघ (मियान) ले औषधिका सम्वन्धमा देखा परेका समस्या समाधान गर्न गठित सुझाव समितिमा आफू र नेपाल औषधि व्यवसायी संघलाई अनिवार्य रुपमा सहभागी गराउन माग गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै तीन सदस्यीय सुझाव समिति गठन गरेका थिए । मन्त्रालयका सहसचिव डा विकास देवकोटाको संयोजकत्वमा गठित उक्त समितिमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल र नेपाल औषधि उत्पादक संघका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीलाई सदस्य बनाइएको छ ।
मियानका अध्यक्ष अञ्जन पुडाशैनीले सोमबार विभागका महानिर्देशक ढकाललाई ज्ञापन पत्र बुझाउँदै आफूहरुलाई बाहिर राखेर गठन भएको समितिले दिने सुझावले समस्या समाधान नहुने ठोकुवा गरे । उनले प्रतिस्पर्धामा नगई औषधिको मूल्यमा एकाधिकार हुने गरी निर्णय लागू गराउन खोजिएको भन्दै आपत्ति जनाएका छन् ।
स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिवलाई बोदार्थ दिइएको १० बुँदे ज्ञापन पत्र यस्तो छ
सम्पर्क इमेल : [email protected]