चौविस घण्टामा देशभर थपिए १०१ जना कोरोना संक्रमित, संक्रमितको संख्या १७ हजार ४४५

काठमाडौँ, २ साउन । पछिल्लो चौविस घण्टामा देशभर थप १०१ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा ४ हजार ६८८ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १०१ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २८५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ११ हजार ५३४ पुगेको छ ।

देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा ५ हजार ८७१जना उपचाररत छन् । भने क्वारेनटिनमा २२ हजार ७५६ जना रहेका छन् ।

त्यसैगरी देशभर हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *