स्वास्थ्य राज्यमन्त्री रावतको अवस्था सुधारोन्मुख
काठमाडौँ, २९ असार । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावत अस्वस्थ हुनु भएपछि बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहनुभएको छ । उनको मुटुमा समस्या आएपछि आइतबार मुटुको एन्जीओप्लास्टी ९शल्यक्रिया० गरिएको उनको निजी सचिवालय सदस्य भीमराज सिंहले जानकारी दिए।
उनका अनुसार राज्यमन्त्री रावतको स्वास्थ्यावस्था सुधारोन्मुख छ । केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी नेतृत्वको टोलीले राज्यमन्त्री रावतको शल्यक्रिया गरेको थियो । उपचारपछि आजै राज्यमन्त्री रावतलाई घर पठाइने बताइएको छ । रासस
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]