बर्ष दिन अघिको मिर्गौला प्रत्यारोपणमा लफडा : डाक्टर सहित चार जना पक्राउ
चितवन, २७ असार । प्रहरीले भरतपुरस्थित पुरानो मेडिकल कलेजका तीन जना डाक्टर सहित चार जनालाई पक्राउ गरेको छ । स्रोतका अनुसार उनीहरुलाई अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रक्राउ गरिएको हो ।
स्रोतका अनुसार पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, बालकृष्ण कालाखेती र कानुनी सल्लाहकार रमेश काफ्ले लगायतका छन् । प्रहरीले जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ गरेको छ।
पक्राउ पर्नेहरु प्रत्यारोपणमा सम्लग्न चिकित्सक र अस्पतालमा रहेको अंग प्रत्यारोपण समितिका सदस्यहरु हुन् ।
कलेजका एक कर्मचारीले चितवन प्रहरीको टोलीले सोधपुछका लागि भन्दै दिउसो दुई बजेतिर उनीहरुलाई नियन्त्रणमा लिएको बताए ।
यो टोलीले ठ्याक्कै १३ महिना अघि (२७ जेठ २०७६) भक्तपुर – ६ निवासी ५४ बर्षीय विष्णुगोपाल बतासको मिर्गौला प्रत्यारोपण गरेको थियो ।
त्यसबेला उनलाई २५ बर्षीय आफ्ना भान्जा रिजनबीर जोशीले मिर्गौला दान गरेको बताइएको थियो । अस्पताल स्रोतले यहि केशको छानवीनमा प्रहरीले चिकित्सकलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
यो पनि पढ्नुहोस्……
पुरानो मेडिकल कलेजमा फेरी शुरु भयो मिर्गौला प्रत्यारोपण
सम्पर्क इमेल : [email protected]