चौविस घण्टामा देशभर थपिए ७० जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १६ हजार ७१९
काठमाडौँ, २७ असार । पछिल्लो चौविस घण्टामा देशभर थप ७० जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ७०जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ। देशभरका ६ जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा थप ४३१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ८ हजार ४४२ पुगेको छ ।
देशभरका २५ वटा प्रयोगशालामा २४ घण्टामा ३ हजार ६४८ वटा पीसीआर बिधिबाट परीक्षण भएको छ ।
देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा ८ हजार २३९जना उपचाररत छन् । भने क्वारेनटिनमा २४ हजार ९७ जना रहेका छन् ।
आज थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]